डिल्लीबजार कारागारमा कैदीबन्दी बीच झडप


काठमाडौं, १० वैशाख : राजधानीकाे डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको हो । अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको प्रहरी उच्च स्रोतले बतायो ।
काठमाडौं प्रहरी परिस’र, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पनि कारागारमा झडप भएको पुष्टि गरेका छन् ।



यद्यपि, उनले क्वान्टिनमा बाँकीमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताए । ‘लकडाउनले आफन्त पनि भेट्न आएनन्, पैसा पनि सिद्धियो’, उनले अनलाइनखबरसँग भने, ‘क्यान्टिनमा पनि समस्या भएपछि विवाद भएको हो ।’
थप अनुसन्धान भइरहेको जनाइएको छ । याे सामग्री अनलाइन खबरले तयार पारेकाे हाे ।








