एक हजार चिनियाँ सेना भारतीय भुमिमा प्रवेश, भारतको तीन ठाउँमा कब्जा जमायो

जेष्ठ ११ एजेन्सी :  नेपालको हजारौं सिमाना सार्दै बाटो घाटो,पुल सडक आदि निर्माण गर्दै आएको भारतीय हेपाहा छिमेकीलाइ चिनले बर्षौं देखि पेल्दै आएको बेला कोरोना माहामारी कै बिचमा अहिले भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच तिब्र तनाव बढिरहेको छ ।

नेपालले नयाँ नक्सा जरी गरे पछि चिन तिर दोषारोपणगर्दै आएका, भारतले नेपालै लैदिने धम्की दिइरहेका अफाहकारी भारतीय मिडियाले उक्त सिमानामा चिनियाँ सेनाको घुसपैठ भएको भन्दै रुन्चे समाचार दिन थालेका छन । खासगरी गलवान नदी क्षेत्रमा पर्ने सीमाका तीन स्थानमा चिनियाँ सेना सक्रिय देखिएको बताइएका छन ।

उक्त तनानका बिच भारतीय सेना प्रमुख एमएम नाराभान यही शुक्रबार पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै लेह क्षेत्रमा अवतरण गरेका छन् ।

तर भारतीय सेना प्रमुखको सीमा अवलोकन लगत्तै चिनियाँ विदेश मन्त्रालयले उक्त क्षेत्र चीनको भूमि भएको प्रतिक्रिया दिएको छ यसले झन तनाव उत्पन्न गरिदिएको छ । अघिल्लो साता भारतीय सेनाको गस्तीमा चिनियाँ सेनाले अबरोध गरको भारतीय सेनाले जनाएको थियो । साथै भारतको सार्वभौमसत्ता र सुरक्षाको लागि आफूहरु प्रतिबद्ध रहेको पनि बताएको थियो ।

उसोत चिनियाँ सेनाले भारतीय सेनालाई कौडी नटेर्ने गरको र भारतीय सेनाहरुसंग निउ खोजिरहेको भिडियो तथा समाचार बेलाबेलामा अाइरहन्छन । यसै बिच भारत र चीनका फौज बीच प्योङयाङ लेखमा केही दिन अघि भनाभन भएको थियो ।
भारतीय पक्षले त्यस लगायत तीन स्थानमा आफ्नो भूमि चीनले कब्जा गरेको दावी गर्दैआएको छ । चिनियाँ सिपाहीहरुले सीमा क्षेत्र नै पार गरी भारतीय भूमिमा बस्न थालेको बताइएको छ । जहाँ तीनै स्थानमा ८ सय देखि १ हजार चिनियाँ सिपाही तैनाथ भएको र चिनियाँ सेनाले भारतीय भुमिमा प्रवेश गर्ने गरको स्रोतले जनाएको छ। उक्त ठाउँमा नेपाली गोर्खा पल्टन छ कि छैन त्यो भने खुलेको छैन।

यता नयाँ नक्सा जारी गरे पश्चात नेपालको भुमि कब्जा गरेर बसेको भारतीय सेना हटउन र आफ्नो प्रभुत्व कायम गर्न नेपाल सरकारले हालसम्मा सेना परिचालन गर्ने कुनै औपचारिक निर्णय गर्न सकेको छैन । भुमि फिर्ताको कुनै ठोस योजान पनि सार्बजनिक गरेको छैन। न त नेपाली सेनाले समेत आफ्नो आधिकारिक धारणा सार्बजनिक गरको छ। कुनै देशले अरुको भुमि कब्जा गर्न सेना परिचाल गर्छन भने हाम्रा देशले आफ्नो भुमिका लागि सेना खटाएको छैन। जानकारहरजका अनुसार भारत संग परिणाम मुखी बार्ता गर्नका लागि सरकारले पहिला आफ्नो सामानन्तर शैन्य उपस्थिति जनाउन आवश्यक रहेको सुझाव दिदै आएका छन।

सम्बन्धित खवर

Back to top button