भरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु, स्वाबको नतिजा आउन बाँकी

काठमाडौं, १२ जेठ : चितवनको भरतपुर अस्पतालको आईसियूमा उपचारका लागि ल्याइएका एक पुरूषको मृत्यु भएको छ।

उपचारका लागि नवलपरासी रामग्राम-५ बाट भरतपुर ल्याइएका ती ४८ वर्षिय पुरुष दुई दिनदेखि गम्भीर विरामी भएको अस्पतालका चिकित्सक प्रमोद पौडेलले बताए। उनलाई लुम्बिनी अञ्चल अस्पतालले भरतपुर अस्पताल रिफर गरेको थियो।

अस्पताल ल्याउँदा मृतक छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वासको समस्याबाट ग्रस्त थिए। उनको बुटवलमा नै कोरोनाको परीक्षणका लागि स्वाब लिइएको भएपनि नतिजा आइसकेको छैन। भरतपुर अस्पतालले पनि श्वाब परीक्षणको तयारी गरेको छ।

सम्बन्धित खवर

Back to top button