डडेल्धुराका कोरोना संक्रमितको आशंकाः ‘स्क्रब टाइफस’को परीक्षणलाई नै पीसीआर ‘पोजिटिभ’

डडेल्धुरा, १२ जेठ : हल्का ज्वरो र टाउको दुख्ने समस्या भएपछि डडेल्धुराको परशुराम–१०का कोरोना संक्रमित युवक जेठ २ गते डडेल्धुरा अपस्ताल पुगे । डाक्टरलाई राति हल्का मात्रामा ज्वरो आउँछ भनेपछि औषधि खानु ठीक हुन्छ भनेर उनलाई घर फर्काए।

तर, औषधिले ठीक नभएपछि उनी फेरि जेठ ६ गते अस्पताल पुगे । अहिले कोरोना भाइरसको माहामारी फैलिरहेकोले कोरोना पनि हुन सक्छ भन्दै डाक्टरले रिपोर्टमा कोरोना चेक गर्नु भनेर राखे ।

‘तपाईको आरडीटी ‘नेगेटिभ’ आएको छ । स्क्रब टाइफस ‘पोजेटिभ’ आएको छ पीसीआर परीक्षणका लागि धनगढी पठाएका छौँ । आरडीटी ‘नेगेटिभ’ आएपछि पिसिआर ‘पोजेटिभ’ आउने सम्भावना कम हुन्छु चेकजाँचपछि डाक्टरले उनलाई भने, स्क्रब टाइफसको औषधि ३/४ दिन खानुस् ७ दिनपछि ठीक हुन्छ भनेपछि उनले औषधि शेवन गरे । औषधि शेवन गरेपछि उनलाई आफू ठीक भएको महसुस भइसकेको थियो ।

उनको पीसीआर रिपोर्ट ‘पोजेटिभ’ आएको समाचार बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय र डडेल्धुरा अस्पतालबाट फोन आयो । तपाईंसँग कुरा गर्नु छ एकछिन तुफानडाँडा आउनु न रु उनले भने, ‘हुन्छ म अहिले अफिसमा छु एकछिनमा आउँछु।’

लगत्तै तपाईको स्क्रब टाइफसमा समस्या देखियो एकछिन अस्पताल आउनुन भनेर उनलाई डडेल्धुरा अस्पतालबाट पनि फोन आयो । तर, उनले समाचार देखिसकेकोले आफूमा कोरोना पुष्टि भएको थाहा पाइसकेका थिए । त्यसपछि उनी सीधै हिँडेर डडेल्धुरा अस्पताल पुगे । र डाक्टरले उनलाई क्वारेन्टाइनमा राखे ।

कोरोना लागेको विश्वास छैन

मलाई कोरोना कसरी लाग्यो रु म आफू अझै विश्वस्त हुन सकेको छैन् । कुन ठाउँबाट कोरोना सर्‍यो भन्ने बाटो मैले आफूले पत्तो नपाएको उनले बताए ।

‘म कसैसँग घुलमिल भएको छैन् । फागुन ३० गते म काठमाडौंबाट दिपायल आएको हुँ । दिपायलबाट वैशाख १० गते म डडेल्धुरा आएको हुँ’ उनले भने, ‘डडेल्धुराबाट म १२ गते घर फर्किएको हुँ । घरमा पनि म छिमेकिको घरमा गइनँ । २८ वैशाखमा म घरबाट जिल्ला सदरमुकाम डडेल्धुरा आएको हुँ । यहाँ पनि कसैसँग घुलमिल भइनँ । अफिस जाने र होटेलमा गएर खाना खाने मात्रै गरेको थिएँ ।’

आफूलाई कहाँबाट कोरोना सर्‍यो भन्न सक्ने अवस्था नभएको उनी बताउँछन् । ‘परशुराम–१० मा भारतबाट आएका नागरिक धेरै छन् भनेर आफू असुरक्षित महसुस गरेरमाथि गाउँमा घर भएकोले त्यतै गएर बसेको थिएँ । त्यहाँ भारतबाट आएर बसेका नागरिक थिएनन् उनी भन्छन् आएको भए पनि फागुनभन्दा अगाडि आएका मात्रै थिए । म त्यहाँ बस्दा कोही पनि बिरामी देखिएनन् ।’

आफूमा डाक्टरले स्क्रब टाइफस ‘पोजेटिभ’ देखाएकोले आफूलाई कोरोना नभएको शंका लागेको उनी बताउँछन् । स्क्रब टाइफस र्‍यालले पनि टेस्ट हुने रहेछ की रु भन्ने शंका पनि लागेको उनको भनाइ छ । र्‍याल परीक्षण गर्दा स्क्रब टाइफस ‘पोजेटिभ’ देखिएकाले आफ्नो पीसीआर ‘पोजेटिभ’ भनेको आशंका लागेको उनको भनाइ छ ।

‘ल्याबमा समस्या देखाएर पनि आफूमा कोरोना देखाएको हुन सक्ने भएकाले आफूले आफ्नो स्वाव फेरि परीक्षण गर्न डाक्टरलाई आग्रह गरेको छु’ उनले भने, डाक्टरले तपाईंको घर परिवार र तपाईंको सम्पर्कमा आएका नागरिकको रिपोर्ट हेरेर तपाईंको स्वाब परीक्षण हुन्छ भनेका छन् ।’

आइसोलेसन होइन क्वारेन्टाइनमा बसेको छुु

डडेल्धुराका कोरोना संक्रमित युवक अहिले डडेल्धुरा अस्पतालमा छन् । डडेल्धुरामा आइसोलेसन नभएकोले क्वारेन्टाइन जस्तै एउटा कोठामा उनको उपचार भइरहेको छ । अस्पतालले दिनुपर्ने सेवा सुविधा र रुटिनअनुसार उपचार गरिरहेको उनको भनाइ छ ।

‘म स्वस्थ छु । अस्पतालको व्यवस्थापन राम्रै छ । अहिलेसम्म अफ्ठयारो केही परेको छैन्’ उनले भने, ‘अस्पतालले साँझ बिहानको खानाको बेवस्था गरेको छ । विहान ८ बजे चिया बिस्कुट अनि पानी आउँछ । फलफूल नभएकोले अस्पतालले व्यवस्थापन गर्न नसकेको भनेका छन् ।’

आफूलाई केही खान मन लागेमा बाहिरबाट साथीले ल्याएर सहयोग गर्ने गरेको उनको भनाइ छ । ‘डाक्टरहरूले आफ्नो मोबाइल नम्बर दिएका छन् । समस्या हुने बितिक्कै फोन गर्छु । उहाँहरूले फोनबाटै सल्लाहा सुझाव दिनुहुन्छ ।’ कोरोना जो कसैलाई लाग्न सक्छ सचेत रहनू

कोरोना जो कसैलाई पनि लाग्न सक्छ। उसलाई लाग्यो मलाई लागेन भन्ने भ्रम मनमा नराख्दा राम्रो हुने उनले बताए। ‘कोरोना लागेको व्यक्तिको जथाभावी कुरा नगर्न सबैमा आग्रह गर्दछु’ उनले भने।

‘धेरै ठाउँमा काठमाडौं गएको फेरि डडेल्धुरा आएको हो । क्वारेन्टाइनबाट भागेको हो भन्ने भ्रम समाजमा फैलिरहेकोले यसबाट अरुमा समस्या आउँन सक्ने भएकाले सत्य तथ्य समाचार सम्प्रेषण गरिदिन सबैमा अनुरोध गर्दछु’ उनले भने, ‘कोरोना भनेको सामान्य रुघाखोकीको जस्तो लक्षण लाग्छ । आफू विश्वस्त हुनुपर्छ । कोरोना निको हुन्छ। म चाँडै निको हुन्छु । भन्नेमा विश्वस्त छु ।’

६ वर्षको बालकदेखि ६६ वर्षका वृद्ध निको भइसकेकोले आफू चाँडो कोरोनामुक्त हुनेमा आफूले विश्वास लिएको उनले बताए।

सम्बन्धित खवर

Back to top button