थप ७ जनामा कोरोना संक्रमण

काठमाडौं, १२ जेठ : नेपालमा थप ७ जनामा कोरोन सांक्रमण पुष्टि भएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार नेपालमा थप ७ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेहरूमा अर्घाखाँचीका २ जना, गुल्मीका २ जना, कपिलवस्तुका २ जना र रुपन्देही १ जना रहेका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ८९ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणलाई जितेर घर फर्किनेका संख्या १ सय १२ पुगेको छ भने मृ’तकको संख्या ४ जना पुगेको छ ।

कपिलवस्तुका दुई जनामध्ये एकजना मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका र एकजना कपिलवस्तुकै अस्पतालका बिरामी हुन् ।

रुपन्देहीका एकजना कोरोना संक्रमित पनि लुम्बिनी प्रादेशिक अस्पतालका विरामी भएको प्रयोगशालाले जनाएको छ । सोमबार थपिएका यी सबै संक्रमित पुरुष हुन् ।

अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button