राष्ट्रियताविरोधी हर्कत : रोष्टममा अमेरिकी झन्डा राखेर संसदलाई सम्बोधन


काठमाडौं, १४ जेठ : मंगलबार संसद बैठकमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राष्ट्रियताविरोधी हर्कत देखाए । मन्त्री बोहराले प्रदेश सभामा बोल्ने क्रममा सुरुमै संयुक्त राज्य अमेरीकाको झण्डा भएको रुमाल रोष्टमको माईक्रोफोनमा झुण्ड्याएर राष्ट्रियताविरोधी हर्कत देखाएका हुन् ।
प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठ्कमा बोल्दै त्यसपछि उनले कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपालको विवादित भूमी भएको बताए । प्रदेश सभाको विशेष समयमा बोल्दै मंत्री बोहराले भने ‘विवादित भूमिलाई आफ्नो हो भनि दावा पेश गरेकोमा प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहान्छु ।’



नेपाल सरकारले उक्त भू-भागलाई समावेश गर्दै नयाँ नक्सा सार्वजनिक सकेको छ । यसरी संघीय सरकारले कालापानी, लिपुलेक र लिम्पीयाधुरालाई समावेश गर्दै नयाँ जारी गरिसकेको अवस्थामा प्रदेश सरकारका जिम्मेवार मन्त्रीले प्रदेश सभामा विवादित भूमि भन्दै सम्बोधन गरेपछि प्रदेश सासंदहरुले आपत्ति जनाएका थिए । अमेरिकी झन्डा सुरुमै रोष्टममा राख्नु र गैरजिम्मेवार अभिव्यक्ति दिनुलाई राष्ट्रियता विरोधी हर्कत भएको भन्दै अन्य सांसदहरूले त्यसको विरोध गरेका थिए ।
सांसद दीर्घ सोडारीले आपत्ति प्रकट गर्दै मंत्री बोहराले दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताए । सांसद सोडारीले कालापानी, लिपुलेक र लिम्पीयाधुरा विवादित भूमी नभएर नेपालको सार्वभौमिक भूमिभएको बताउंँदै मन्त्रीको उक्त गैर जिम्मेवारी अभिव्यक्ति सच्याउन आग्रह गरे ।
प्रदेश सरकारका मन्त्रीेले अमेरीकाको झण्डा झुण्ड्याएर सम्वोधन गर्न लागेपछि प्रदेश सभासचिवालका सचिव रामसिहं धामीले रोष्ट्मको माईक्रोफोनबाट अमेरिकाको झण्डा भएको रूमाल झिकेका थिए ।
यसरी प्रदेश सभा सञ्चालन हुंँदै गर्दा बाह्य मुलुकको झण्डा ल्याएर प्रदेश सभामा प्रर्दशन गर्नुले प्रदेश सरकारका मन्त्री कतिसम्म गैरजिम्मेवार रहेछन् भन्ने प्रमाणित भएको छ ।
देशभर अमेरिकाबाट प्राप्त करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग मिलेनियन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध चलिरहेको बेला प्रदेश सरकारका मन्त्रीले अमेरीकाको झण्डा ल्याएर प्रदेश सभाको रोष्ट्ममै प्रर्दशन गर्नुलाई भने शंकास्पद गतिविधिकारूपमा हेर्न थालिएको छ ।








