बालुवा निकाल्ने क्रममा ढिस्को खसेर एक दम्पतीको ज्यान गयो

जाजरकोट, १४ जेठ : बालुवा निकाल्ने क्रममा ढिस्को खसेर पुरिंदा जाजरकोटमा एक दम्पतीको ज्यान गएको छ । स्वास्थ्य चौकी निर्माणका लागी बालुवा निकाल्ने क्रममा नलगाडको खिरखिरे भन्ने ठाँउमा ढिस्को खसेर पुरिंदा एक दम्पतीको ज्यान गएको हो ।

थप दुईजना घाइते भएका छन् ।

नलगाड नगरपालिका ९ तात्रका ३६ बर्षिय एक्कबहादुर सिंह र उनकी श्रीमती ३३ बर्षिय कुमारी सिंहको बालुवाको ढिस्कोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

कुमारी सिंहको घटनास्थलमा नै ज्यान गएको र गम्भीर घाइते पति एक्कबहादुरको उपचारका लागी नेपालगञ्ज लिने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएस्पी, किशोर श्रेष्ठले बताए ।

उनले भने ‘पत्नी कुमारीको घटनास्थलमा नै मृत्यु भएको र गम्भीर घाईते पतिलाई उपचारका लागी नेपालगञ्ज लैजाने क्रममा मंगलवार राती खलंगा नजिक बाटोमै मृत्यु भएको हो ।’

उक्त् घटनामा घाइते भएका कमला सिंह र तारा सिंहको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । बालुवा निकाल्ने क्रममा उनीहरुलाई एक्कासी आएको ढिस्कोले पुरेको थियो ।

सम्बन्धित खवर

Back to top button