प्रादेशिक अस्पताल सुर्खेतमा भारतबाट आएका युवकको मृत्युु


सुर्खेत, १४ जेठ : कर्णाली प्रदेश अस्पतालमा एक युवकको ज्यान गएको छ । भारतको गुजरातबाट आएका ती युवकको कर्णाली प्रदेश अस्पतालमा उपचार गर्ने क्रममा ज्यान गएको हो ।
पाँच दिनअघि गुजरातबाट आएका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । तर उपचार गर्न नपाउँदै ज्यानको गएको अस्पतालले जनाएको छ ।



कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भारतबाट आएका युवाको बसमै विरामी भएर उपचारका लागि प्रदेश अस्पताल ल्याएकाे बताए । अस्पतालमा उपचार हुनुभन्दा अगाडि नै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
मृतक युवा सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका हुन् । अस्पतालले कोरोनाको आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको छ । स्वाब रिर्पाेट आज दिउँसोसम्म आउने असपतालले जनाएकाे छ ।








