दार्चुलामा पहिलोपटक एकजनामा कोरोना संक्रमण पुष्टि

दार्चुला, १५ जेठ : दार्चुलामा पहिलोपटक एकजनामा कोरोना पुष्टि भएको छ ।  अद्यावधिक विवरण अनुसार सुदूरपश्चिमको दार्चुला र कैलालीका थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार संक्रमितमध्ये कैलालीका २ दार्चुलाका १ जना पुरुष रहेका छन् ।

संक्रमित कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ५ का २१ वर्षीय युवक रहेका छन् ।

संक्रमितहरू तीनै जना भारतबाट आएको खुलेको छ। कैलालीका दुई जना त्रिनगर र खक्रौला तथा दार्चुलाका संक्रमित जिल्लाकै नाकाबाट स्वदेश फर्किएका थिए ।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमतिको संख्या २० पुगेको छ। हालसम्म प्रदेशमा सबैभन्दा बढि कैलालीमा १०, बैतडीमा ५, अछाममा २, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एक/एक जनामा कोरोना पुष्टि भएको छ । पाँच जना भने यसअघि नै कोरोनामुक्त भइसकेका छन् ।

सम्बन्धित खवर

Back to top button