कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, १५ जेठ : कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिबार थप ८ संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेशण प्रयोशाला सुर्खेतका गरिएको परीक्षण अनुसार मध्ये दैलेख नारायण नगरपालिका–१ का २६ बर्षिया पुरुष, ३ का १९, ३०, ३६ र ४० बर्षिया पुरुष, ४ का १ वर्षिया बालक, २० वर्षिया महिला र ५ का १७ वर्षिया पुरुष रहेका छन् ।

कर्णालीमा यस अघि ३८ जनामा संक्रमण पुष्टी यसभन्दा अघि नै भएको र हाल संक्रमितको संख्या ४६ पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद तिवारीले बताए ।

सम्बन्धित खवर

Back to top button