नेपाली काँग्रेस कैलालीद्वारा सीमा विवाद समाधान गर्न कुटनितिक पहलको माग

धनगढी, १५ जेठ : नेपाली काँग्रेस कैलालीले सीमा विवाद समाधान गर्न कुटनितिक पहल गर्नुपर्ने माग गरेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउँदै काँग्रेसले यस्तो माग गरेको हो।

‘दुबै छिमेकी मुलुक चिन र भारतसंग रहेको जतिपनि सीमा विवादहरु छन्। त्यसको समाधान गर्नको लागि तत्काल राजनितिक र कुटनैतिक पहल सुरु गर्न हामी नेपाल सरकार समक्ष विनम्रतापूर्वक आग्रह गर्दछौं।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

यस्तै क्वारेन्टाईनमा भोगिरहेको असहज बसाई, गुणस्तरहिन खानपिन, फोहोर शौचालय र सरसफाईको अभावलाई व्यवस्थित बनाउन, कृषि राहत प्याकेजको घोषणा गर्न, वातावरणीय प्रभावलाई समेत ध्यान नदिई वैज्ञानिक वन व्यवस्थापनको मर्म र मान्यता विपरित भईरहेको रुख कटानी रोक्न र वैदेशिक रोजगारीबाट फर्किनेहरुको लागि स्वरोजगारका आकर्षक र दूरगामी महत्वका प्याकेज कार्यक्रम ल्याउन काग्रेसले माग गरेको सभापति नरनारायण शाह मनुले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button