नेपालमा थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४२ पुग्यो


काठमाण्डौँ, १५ जेठ : नेपालमा थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या एक हजार ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालमा गरिएको परीक्षणमा आज मात्रै एक सय ५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।



अहिलेसम्म प्रदेश १ का ८ जिल्लाका एक सय २९ जना, प्रदेश २ का ८ जिल्लामा चार सय १५, बाग्मती प्रदेशका १२ जिल्लामा ४४ जना, गण्डकी प्रदेशका चार जिल्लामा १७ जना, ५ नम्वर प्रदेशका ९ जिल्लामा तीन सय ६९, कर्णाली प्रदेशका तीन जिल्लामा ४७ जना र सुदूरपश्चिमका सात जिल्लामा २१ जना कोरोना पुष्टि भएको हो।








