नेपालमा एकैदिन थपिए १७० काेराेना संक्रमित


काठमाडौं, १६ जेठ : नेपालमा आजै १७० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे अध्यावधिक विवरण अनुसार बिहिबार मात्रै नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
यो संगै संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।



बिहिबार दिउँसाे नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या १ हजार २ सय १२ पुगेको जानकारी दिएका हुन् ।
उनका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा सप्तरी राजबिराजका ४ जना नयाँ संक्रमित रहेका छन्। त्यहीँ भएको परीक्षणमा झापाको भद्रपुरका ३४ वर्षीय पुरुष पनि संक्रमित पाइएका छन्। कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २८ जना संक्रमित भेटिएका छन्। उनीहरु सबै झापाका रहेका छन्।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा ९ जनालाई संक्रमण देखिएको छ। उनीहरु बारा र पर्साका रहेका छन्। पाटन अस्पतालमा गरिएको परीक्षणमा एकजनालाई कोरोना पुष्टि भएको छ। उनी ३१ वर्षीय पुरुष छन्।
गण्डकी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा एकजनालाई कोरोना पुष्टि भएको छ। उनी म्याग्दीको मालिकाका पुरुष हुन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनालाई कोरोना पुष्टि भएको छ। उनीहरु बाँके डुढुवाका १० जना पुरुष रहेका छन्।
चितवनको भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको छ । उनीहरुमा कपिलवस्तुका ४ जना र नवलपरासीका २ जना रहेका छन् । काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ८४ जनाको पोजेटिभ रिपोर्ट आएको छ।
देवकोटाका अनुसार कपिलवस्तुको भृकुटी माविको क्वारेन्टीनमा बसेका २४ जनामा कोरोना देखिएको हो । त्यहीँ गरिएको परीक्षणमा जनता मावि डुमरिया रौतहटको क्वारेन्टीनमा बसेका ५६ जनामा कोरोना देखिएको छ।
त्यस्तै सर्लाहीको मलंगवाका ४ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना पुष्टि भएको छ। जसमा कपिलवस्तुका एउटा स्कुलको क्वारेन्टीनमा बसेका १५ जना छन् । त्यस्तै रुपन्देहीका १ जनामा पनि कोरोना देखिएको छ। राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ। त्यहाँ गरिएको परीक्षणमा कोरोना देखिनेमा कपिलवस्तुको विजयनगरका ९ जना रहेका छन्।
हालसम्म देशभर १ लाख ५ हजार ४ सय ७८ जनाकाे आरडीटि बिधिबाट कोरोना परिक्षण गरिएको छ । त्यस्तै देसभर ९९ हजार ३ सय ३६ जना क्वारेन्टीनमा रहेका छन् भने ८ सय ५० आइसोलेसनमा रहेका छन् । हालसम्म देशभर पुरुष १६२ र महिला ४४ जना गरि २ सय ६ जना डीसचार्ज भएका छन् । आजै १९ जनाले कोरोना जितेका छन् ।








