ब्रिटिश सर्भे अफ इन्डियाकोे नक्सामा महाकाली पारी अर्को कालापानी

काठमाडौं, १६ जेठ : नेपालले आफ्नो अतिक्रमित भूभाग लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भारतले त्यसको विरोध गर्दै आएको छ । भारतले नेपालको दार्चुला जिल्लाको कालापानी, लिपुलेकलाई समेत आफ्नो भूमि भनेर गलत प्रचार गरिरहेको छ ।
ब्रिटिश सर्भे अफ इन्डियाले निकालेको एक सय ६४ वर्ष पुरानो नक्सामा भने महाकाली नदीको पश्चिममा पनि एउटा कालापानी देखाइएको छ । २४ अप्रिल १८५६ को यो नक्सामा लिम्पियाधुरा मुहान भएकै महाकाली नदी अन्तर्राष्ट्रिय सिमाना भएको देख्न सकिन्छ ।

नेपालले त्यही सन्धिको आधारमा जेठ पहिलो साता नक्सा सार्वजनिक गरिसकेको छ । १८१६ को सुगौली सन्धिमा नेपालका राजाले काली ९महाकाली० पश्चिमको भूभाग दाबी गर्ने छैन भनिएको छ । यो नक्सा प्रकाशित हुने ताकासम्म भारतले सुगौली सन्धि अनुसार नै नक्सा प्रकाशित गरेको देखिन्छ ।

भारतले लिपु खोलालाई काला नदी दाबी गरेर लिपुलेकलाई त्रिदेशीय विन्दु भएको दाबी गर्न छाडेको छैन । त्यो दाबीअनुसार नै उसले नाबी, गुञ्जी, कुटीलगायतका नेपाली भूभागमाथि कब्जा जमाउँदै आएको छ । त्यहाँका जनताले वि।स। २०१५ सालको चुनावमा नेपालमै मतदान गरेका थिए भने २०१८ सालमा तथ्यांक विभागले जनगणना गराएको थियो ।

लिपु खोलालाई काली नदी दाबी गरेको भारतले कालापानी क्षेत्रमा सुरक्षाकर्मी राखेपछि फेरि अर्को कुतर्कअघि सारेको देखिन्छ । त्यसका लागि उसले लिपु खोला भन्दा पूर्वमा कृत्रिम पोखरी बनाएर त्यही पोखरीबाट बगेको तुरतुरे धारालाई महाकाली भन्ने गरेको छ ।एक इतिहासकार महाकाली पारी बस्न आएका भारतीय सुरक्षाकर्मी तुल्सी न्युराङ (कालापानी) क्षेत्रमा आएर बसेको आशंका गर्छन् ।

उनी भन्छन्, ‘महाकाली पारी बस्न आएका भारतीय सुरक्षाकर्मी नेपालतर्फ आएर क्याम्प बनाएको हुनसक्छ, तर बसिसकेपछि भने त्यसलाई संधैका लागि कब्जामा लिन विभिन्न जालसाजी गरेको देखिन्छ ।’

सम्बन्धित खवर

Back to top button