नेपालमा थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

काठमाडौं,१८ जेठ : नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार ५६७ पुगेको जानकारी दिएका हुन् । डा. देवकोटाका अुनसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये तनहुँ रिसिङका एकजना २८ वर्षीय पुरुष , स्याङ्जाका गल्याङ २ जना २७ र ४० वर्षका पुरुष रहेका छन्।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरु पर्साको स्थानीय क्वारेन्टाइनमा रहेका २२ देखि ३६ वर्षका पुरुष रहेका छन् । प्रवक्ता डा. देवकोटाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये १३ जना कालिकोटा शुभकालिकाका १९ देखि ५२ वर्ष उमेर समुहका रहेका छन् ।

यस्तै कालिकोटको महवीका ५ जना २० देखि ४२ वर्षका पुरुषहरु, दैलेख दुल्लुका एकजना ३५ वर्षीय पुरुष, दैलेखको नारायण नगरपालिकाका ९ जना १६ देखि ४८ वर्षका पुरुषहरु, दैलेख सिम्दाका एक जना २६ वर्षीय पुरुष, दैलेख देवलकानका ५ जना १८ देखि २२ वर्षीय पुरुष, दैलेख रातापानीका एकजना ३८ वर्षीय पुरुष रहेका छन् ।

यस्तै दैलेख सादुका एक जना २२ वर्षीय पुरुष पनि रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा बाजुरा जगन्नाथका ४० वर्षीय पुरुषको पनि पोजेटिभ आएको छ ।

सम्बन्धित खवर

Back to top button