बाँकेको अगैयामा मिनीबस दुर्घटना : ११ को मृत्यु, ४ गम्भीर

नेपालगञ्ज, १९ जेठ : नेपालगञ्जबाट दाङ तर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको मिनीबस आइतबार राती बाँकेको अगैया नजिकैको जंगलमा बा ४ ख ९०६४ नम्बरको रोकिराखेको ट्रकसँग ठोक्किंंदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । घाइते मध्य ४ को अवस्था गम्भीर रहेको छ ।

भारतबाट फर्केका मानिसहरुलाई लिएर दाङ जाँदै गरेको यात्रु वहाक फोर्स नामक मिनीबस ट्रकसँग ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसाार घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाकै शव भेरी अस्पतालमा ल्याइएको छ ।

आइतबार राती करीब ११ बजे बाँकेको शमशेरगंज र अगैयाको बीच जंगलको सडक किनारामा रोकी राखेको ट्रकसँग ठोक्किंदा फोर्स गाडीका चालक समेत गरि सवार ३३ जना मध्य ११ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको थाहा पाउनासाथ सबै घाईतेहरूलाई नेपालगञ्जबाट गएका सत्यानी सेवा समाजका अध्यक्ष दशरथ चन्द लगायतको टिम,जनपद तथा शसस्त्र, ट्राफिक प्रहरीले घटनामा परेका घाइते तथा मृर्तकहरुलाई राती अबेर करिब २ बजे नेपालञ्ज भेरी अस्पतालमा ल्याइएको घटना स्थल पुगेको प्रहरीले जनाएको छ ।

भेरी अस्पतालले पनि आफ्नो अधिकारिक फेसबुक पेज मार्फत दाङ तर्फ गैरहेको गाडी बाँकेको अगैयामा दुर्घटना हुँदा सवारी चालक समेत गरि ३३ जना मध्य ११ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा १० पुरुष र एक महिला रहेको उल्लेख गरिएको छ । घाइते भएका २१ पुरुष र एक महिलाको भेरी अस्पतालमा उपचार भैरहेको जनाएको छ । उक्त घटनामा परेर ४ जना गम्भीर रहेको अस्पतालले जनाएको छ।

सम्बन्धित खवर

Back to top button