आज मात्रै कर्णालीमा ७५ मा कोरोना संक्रमण पुष्टि


सुर्खेत ,१९ जेठ: कर्णालीमा आज मात्रै ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार आज मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पिसिआर परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरूमा दैलेखका १७ जना तथा सल्यानका १० जना र सुर्खेतका ५ जना रहेका छन् ।
योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ ।












