अमेरिका बन्यो रणभूमि प्रदर्शनकारी देखेर राष्ट्रपति ट्रम्प चकित सुरक्षाका लागि बङकर भित्र


जेठ, २० एजेन्सी :- अमेरिकामा एक प्रहरीले घाटी थिच्दा काला जातिका जर्ज फ्लोइडको मृत्यु भएपछि अमेरिकी काला जातहरुको विरोधले दिन प्रतिदिन उग्र रुप लिइरहेको छ । प्रदर्शनकारीहरुको रातदिन गरिएको उग्र प्रदर्शनले राजधानी वासिङ्टन डिसीसमेत ४० शहरमा कर्फ्यू लगाइएको छ ।
अहिले कोबिड माहामारीको कुनै पनि प्रबाह नगरी रणभूमिमा परिनीहित भएको अमेरिकामा आइतबार राती पनि प्रदर्शनकारीले ह्वाइट हाउसको अगाडि बृहत प्रर्दन गरेका छन। न्यूयोर्क टाइम्सका अनुसार शुक्रबार ह्वाइट हाउसको अगाडि भएको प्रदर्शनको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही बेरका लागि अन्डरग्राउन्ड बंकरमा लगिएको थियो ।



समाचार च्यानल सिएनएनका अनुसार वासिङ्टनसमेत १५ शहरमा करिब ५ हजार नेशनल गार्ड तैनाथ गरिएको छ । आवश्यक पर्ने हो कि भनेर २ हजार गार्डलाई स्ट्यान्डबाई राख्न भनिएको छ । प्रहरीले असुर ग्यास लगायत प्रयोग गरि वल प्रयोग गर्दा पनि प्रदर्शनकारीहरु भने कुनै प्रवाह नगरी तोडफोड आगजनि लगात उग्र रुपमा प्रदर्शनलाइ जारी राखेका छन। प्रदर्शनकारीहरुले ह्वाइट हाउसमा केन्द्रीत भइ थप विशाल प्रदर्शन गर्ने निर्णय समेत गरेका छन।
न्यूयोर्क टाइम्सका अनुसार शुक्रबार ह्वाइट हाउसमा हजारौको संख्यामा प्रदर्शनकारी जम्मा भएका थिए । अहिले न्यया र विभेद अन्त्यका लागि गोरा जातिहरुको पनि उल्लेखिय सहभागिता रहेको छ। सुरक्षालाई मध्यनजर गर्दै ट्रम्पलाई एक घण्टाभन्दा वडी समयका लागि एउटा अन्डरग्राउन्ड बंकरमा पुर्याइएको थियो । प्रदर्शनकारीलाई हटाउनका लागि सिक्रेट सर्भिस र युनाइटेड स्टेट्स पार्क पुलिसले अत्यधिक मिहिनेत गर्नुपरेको थियो ।
पत्रिकाका अनुसार ह्वाइट हाउस बाहिर यति ठूलो संख्यामा प्रदर्शनकारी जुटेको देख्दा ट्रम्प चकित हुदै सुरक्षित रहन बङकर भित्र गएको जनाएको छ । यद्यपि, मेलानिया र ब्यारन ट्रम्पलाई बंकरमा लगे नलगेको बारे भने स्पष्ट जानकारी प्राप्त छैन ।
यस प्रकारको प्रदर्शनले कोभिड संक्रमण व्यापक बड्ने चेतावनी दिए पनि प्रदर्शनकारीहरुले तेसको प्रवाह नगरी करफ्यु समेत उलङ्घन गर्दै निषेधित क्षेत्र तोडेका छन। अमेरिकामा जात गोत्र कुनै नहुने भएता पनि रंग भेद भने एकाध हुने गर्छ जहाँ गोराले कालो व्यक्तिलाइ अपहेलित गर्ने गर्दछन।








