नेपालमा एकै दिन थप २८८ संक्रमित, कोरोना संक्रमितको संख्या २ हजार ९९ पुग्यो


काठमाडौं,२० जेठ : नेपालमा पछिल्लो २४ घण्टामा (मंगलबार) थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।



यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।








