लघुवित्त कर्मचारी मञ्च कोहलपुरको संयुक्त राहात वितरण


जेठ ,२१कोहलपुर : कोहलपुर नगरपालि तथा बैजनाथ गाउँपालिकामा कार्यक्षेत्र भएका विभिन्न लघुवित्तहरुमा कार्यरत लघुबित्तिय संस्थाका (कर्मचारी मंच) कर्मचारीको संयुक्त आर्थिक सहयोगमा स्थानीय क्वारेन्टटइनमा रहेका ब्यक्तिहरुलाइ खानपिनमा सहयोग होस भन्ने हेतुले

दुइवटा स्थानिय सरकारलाइ बराबरी हुने गरी २० बोरा चामल र २० लिटर खाने तेल राहत व्यवस्थापन कोष मार्फत सहयोग हस्तान्तरण गरेका छन।
यसअघि आ-आफ्नो संस्थाको तर्फबाट सक्दो सहयता गरेका संस्थाका कर्मचारीहरुले अहिले विदेशबाट फर्केर क्वारेन्टटइनमा राखिएका हरुलाई राहात वितरण गरेका छन ।

राहात वितरण गर्नेमा ग्रामीण, स्वावलम्बन, निर्धन, छिमेक, स्वदेशी,
मेरो माइक्रो , नेसनल, इन्फिनिटी, नेरुडे, जनउत्थान, महिला, बिजय, लक्ष्मी, एनएमबि, आशा, सबैको, कालिका, फरवार्ड, ग्लोबलआइएमई, नाड़ेप,एनआरएन र सुर्योदय लघुबित्ति वित्तिय संस्थाका कर्मचारी रहेको मेरो माइक्रो फाइनान्स हवल्दारपुर शाखाका प्रबन्धक पुर्ण प्रसाद शर्माले जानकारी दिएकाछन्।
यस अवधिमा विभिन्न वित्तीय संघ स्थाको उल्लेखिय सहयोग प्राप्त भएको स्थानिय सरकार प्रमुखहरुले बताएका छन।



कोषमा आर्थिक सहयोग भन्दा स्थानिय जनप्रतिनिधिको रोहवरमा बितरण गरिएको राहात प्रभावकारी र छिटोछरितो हुने सम्वन्धित व्यक्ति कहाँ पुग्ने हुनाले यसरी आफैले पिडितहरुलाई यकिन गरी सेवा प्रवाह गर्नु प्रभावकारी हुनसक्छ।








