एमसीसीको बिरोधमा कैलालीमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री देउवाको पुत्ला दहन

काठमाडौं, २१ जेठ : कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहले कैलालीको गोरीगंगा नगरपालिका वडा नम्बर-८ लिक्मामा पुत्ला दहन गरेको हो। एमसीसी संसदबाट पारित गर्न लागिएको बिरोधमा उनीहरुले पुत्ला दहन गरेका हुन्।

राष्ट्रिय महत्वका विषयमा सहमति गर्न नसक्ने नेताहरुले राष्ट्रिघाती एमसीसी विधेयकमा सहमति गरेको भन्दै दुई नेताका पुत्ला दहन गरिएको उनीहरुले बताएका छन्

सम्बन्धित खवर

Back to top button