सुदूरपश्चिममा ह्युमानिटी फाउण्डेसनले एक व्यक्ति दुई किट अभियान सञ्चालन

धनगढी, २२ जेठ : कोरोना संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका बढिभन्दा बढि व्यक्तिको कोरोना परीक्षणका लागि ह्युमानिटी फाउण्डेसनले एक व्यक्ति दुई किट अभियान सञ्चालन गरेको छ। आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी फाउण्डेसनका अध्यक्ष श्याम तायलले किटको अभावमा भारतबाट भित्रिएका अढाई लाख भन्दा बढि व्यक्तिको कोरोना परीक्षण हुन नसकेकोले एक व्यक्ति दुई किट अभियान शुरु गरिएको बताए।

उनले यो अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशमा ¥यापिडरपीसीआर गरी ४० हजार किट सुदूरपश्चिम प्रदेश सरकारलाई उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिए। तत्काल भारतबाट भित्रिएका र भित्रिने अनुमान गरिएकाहरुका लागि ४० हजार ¥यापिड किट पीसीआर किट उपलब्ध भएमा भारतबाट भित्रिएका १० प्रतिशत व्यक्तिको कोरोना परीक्षण गर्न सकिनेछ, एक व्यक्ति २ किट अभियानका बारेमा जानकारी दिदै तायलले भने, जसले सुदूरपश्चिममा कोरोनाको जोखिम पत्ता लगाउन र जोखिमबाट बाहिर निकाल्न तथा यसको रोकथाम र नियन्त्रणमा ठूलो मद्दत पुग्ने हाम्रो विश्वास छ।

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हिजो १ सय ¥यापिड किट हस्तान्तरण गरेर एक व्यक्ति २ किट अभियानको शुरुवात गरिएको तायलले जानकारी दिए। फाउण्डेसनका अध्यक्ष तायलले अभियान अन्तर्गत ¥यापिड किट उपलब्ध गराउने गैर आवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापा (बेल्जियम)लाई धन्यवाद दिए।

उनले सुदूरपश्चिममा तत्काल अत्यावश्यकीय ¥यापिडरपीसीआर किट लगायत स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराउने यो अभियानको लक्ष्य रहेको बताए। जोखिममा रहेका सुदूरपश्चिमका जनताको कोरोना परीक्षणका लागि ¥यापिड किटरपीसीआर किट उपलब्ध गराउने अभियान अन्तर्गत १ व्यक्ति २ किट अभियान सञ्चालन गरिएको बताए।

ताययले अभियानमा विश्वका बिभिन्न देशबाट सहयोगका लागि प्रतिबद्धता समेत प्राप्त हुनुका साथै विश्वका बिभिन्न देशमा सहयोग संकलन भईरहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिए। देश विदेशबाट हाम्रो अभियानका प्रति प्राप्त सकारात्मक प्रतिक्रिया र प्रतिबद्धताले हामी अत्यन्त उत्साही भएका छौ, तायलले भने, यो अभियानमा सहयोग गर्न देश भित्र र देश बाहिर रहेका सुदूरपश्चिमेली तथा आम नेपाली दाजुभाई दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछौ।

कोरोना भाईरस (कोभिड–१९) को संन्त्रासमा जुधिरहेको सुदूरपश्चिम प्रदेशका जनताको स्वास्थ्य तथा सुरक्षाका लागि विश्वका बिभिन्न देशमा रहेका सुदूरपश्चिमेलीहरुबीच ¥यापिड रपीसीआर कीट उपलब्ध गराउने सम्बन्धमा छलफल भई अभियानका लागि सहयोग संकलन भईरहेको अभियानका सदस्य दीर्घराज उपाध्यायले बताए।

विश्वका बिभिन्न देशमा रहेका सुदूरपश्चिमेली तथा प्रवासमा रहेका सुदूरपश्चिमेली समाज, गैर आवासीय नेपाली संघसंगको समन्वय र सहकार्यमा अभियान सञ्चालन गरिएको हो। प्रवासबाट यो अभियानमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापा, नेपाली काँग्रेस जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट लगायतका सुदूरपश्चिमेलीहरुले साथ र सहयोग गरेका छन्।

ह्युमानिटी फाउण्डेसनका तर्फबाट यो अभियानमा समाजसेवी श्याम तायल, चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँद, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, सुशासनबीज्ञ बिनोद उपाध्याय, पत्रकार दीपक उपाध्याय लगायतले सक्रिय भूमिका निर्बाह गरिरहेका छन्।

सम्बन्धित खवर

Back to top button