दैलेखमा थप १०५ जनामा कोरोना पुष्टि

काठमाडौं, २२ जेठ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय ५ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका ५ महिलासहित ६९ जना रहेका छन् । यस्तै देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १ जना रहेको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button