यूएईबाट १सय ५७ नेपाली बोकेको जहाज साँझ ६:१० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै


काठमाडौं, २३ जेठ : यूएईबाट १ सय ५७ नेपाली लिएर जहाज नेपाल उडेको बताएको छ । कोरोनाको कारण समस्यामा परेका १ सय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेको हो ।
जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित १ सय ५७ जना छन् । नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउँदै गरेको बताएका छन् । जहाज साँझ ६ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरिने छ ।यूएईबाट नेपाल उडान हुने भनेपछि बिहानैदेखि विमानस्थलमा नेपालीहरु पुगेका थिए । सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिइएको थियो । नेपालीलाई एकपटक जहाजमा राखेर फेरि ओरालिएको थियो । त्यसपछि क्वरेण्टीनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो तर नेपाल फर्कने फर्कने नेपालीको कोरोना जाँच भने गरिएको छैन ।



सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ । तर यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन । अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।
उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन । साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौलमा रहेको बताएको छ ।








