नेपालमा एकै दिन थप २७८ जनामा कोरोना संक्रमण,संक्रमित संख्या २९१२ पुग्यो


काठमाडौं, २३ जेठ : नेपालमा शुक्रबार एकै दिन २७८ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन्। यससँगै नेपालमा जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको छ।



हालसम्म देशका ६८ जिल्लामा कोरोना फैलिएको छ।








