डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एक सुत्केरीलाई कोरोना पुष्टि

डडेल्धुरा, २४ जेठ : डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एक सुत्केरी महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालका निमित्त मेसु डाक्टर जगदिस चन्द विष्टले नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना भएको पुष्टि गरे।

उनिहरु भारतबाट आएका थिए । जेठ २१ गते सिरोडको जनक आधारभुत बिद्धालयको क्वारेन्टाइनबाट सेवा लिन डडेल्धुरा अस्पताल पुगेकी थिइन । उनको जेठ २२ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो।

जेठ २३ गते सुरक्षीत तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको आज कोरोना रिपोर्ट पोजेटिभ आएको छ। कोरोना रिपोर्ट आइसकेपछि उनीसहित शिशुलाई अस्पतालाको आइसोलेनमा भर्ना गरिएको मेसु विष्टले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button