न्यूजिल्याण्ड कोरोना भाइरस फ्रि

काठमाडौं,२६ जेठःविश्वमा कोरोना भाइरसले महामारी रुप लिइरहेको बेला न्यूजिल्याण्डले भने आफ्नो देश कोरोना भाइरस फ्रि रहेको बताएको छ। कुनै पनि संक्रमित नरहेको बताएको न्यूजिल्याण्डले संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु अधिकांश रुपमा हट्ने भएको छ ।

सोमबार मध्यरातदेखि न्यूजिल्याण्डभित्र अहिलेसम्म लागु भएका सबै प्रतिबन्धहरु हट्ने प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बताएकी छन् । सीमा क्षेत्रमा बन्द रहने जनाइएको छ ।

न्यूजिल्याण्ड एकीकृत भएर कोरोना भाइरसको जस्तो असामान्य संकटको सामना गर्न सकेको प्रधानमन्त्री आर्डर्नले बताएकी छन् । अहिले कोही पनि संक्रमित नरहे पनि भविष्यमा संक्रमण देखिन सक्ने भएकाले सचेत रहनु पर्ने उनले बताए ।

सम्बन्धित खवर

Back to top button