नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४०८५ पुग्यो, आज मात्र ३२३ थपिए


काठमाडौं,२७ जेठ : नेपालमा मंगलबार ३२३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३२३ जना संक्रमित थपिएको नियमित प्रेस बिफ्रिङका क्रममा मंगलबार बताएका छन्। ।
संक्रमित मध्ये २९२ जना पुरुष र ३१ जना महिला रहका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४०८५ पुगेको छ । डा. गौतमका अनुसार अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५८४ रहेको छ ।उनीहरु मध्ये ५०७ जना पुरुष र ७७ जना महिला बताइएको छ ।











