नेपालमा २७९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४३६४ पुग्यो

काठमाडौं,२८ जेठ : बुधबार (आज) मात्र नेपालमा पछिल्लो २४ घन्टामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा आज थपिएका २७९ सहित नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको बताए।

नयाँ संक्रमितमा २२ महिला र २५७ पुरुष रहेको मन्त्रालयले बताएको छ ।

सम्बन्धित खवर

Back to top button