नेविसंघ डोटीले पिसिआर मेशिन खरिदका लागि दवाव दिन एक रूपैयाँ चन्दा अभियान सुरू


डोटी, २८ जेठ : नेपाल विद्यार्थी संघ डोटीले पीसीआर परिक्षणको दायरा तत्काल बढाउन दबाब दिन‘रू.१ चन्दा अभियान’ सुरू गरेको छ । बुधवार दिपायमा एक कार्यक्रमकाआयोजना गर्दै अभियानको सुरू गरिएको हो । सुदुरपश्चिममा कोरोनाको संक्रमण बढिरहेका बेला पीसीआर मेशिन खरिदको लागि दबाब दिने उद्देश्यले अभियान सुरू गरेको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए । ‘सरकार जनताप्रतिको उतरदायित्वमा उदासिन देखिएको छ । भ्रष्टाचार गर्न जुनसुकै हदपनि पार गर्न नहिच्किने सरकारले आरडिटीका नाममा गरिरहेको भ्रष्टाचार हटाउन र जनताप्रति जिम्मेवार बनाउन यो अभियान थालेका उनले बताए।
कोरोना परिक्षणमा पीसीआर पद्धतीमात्रै विश्वसनिय रहेको अवस्थामा सरकार त्यसको दायरा बढाउनतर्फ उदासिन रहेको अध्यक्ष खड्काले बताए । सरकार हज्जारौं नागरिक क्वारेन्टाईनमा राखेर कमिशनको खेलमा ल्याईएको आरडिटी किट प्रयोग गरेर रकम कुम्ल्याउन तल्लीन रहेर नागरिकको जनस्वास्थ्यमाथि गम्भिर खेलवाड गरेको उनले भनाई छ। नेविसंघको अभियानलाई ऐक्यवद्धता जनाउदै नेपाली कांग्रेस डोटी क्षेत्र नम्बर-१ का सभापति बिजय खड्काले सरकारले खुल्लमखुल्ला गरिरहेको भ्रष्टचारले राजनीतिप्रति घिनलाग्ने अवस्था सिर्जना भएको बताए । जहीँतहीँ भ्रष्टाचार छ । महामारीमा भ्रष्टाचार, विपत्तिमा भ्रष्टाचार । कति निर्लज्ज ! जनताको कुनै मतलबै छैन् उनले भने



नेविसंघका पूर्ब केन्द्रीय सदस्य विजयराज ओझाले भ्रष्टाचार गरेर राज्यको ढुकुटी रित्याएको आरोप लगाउदै कोरोनाको महामारीमा झन बढी भ्रष्टाचार मौलाएको बताए । तिस/चालिस लाखमा आउने पीसीआर मेशिन खरिद गर्न नसक्ने सरकारसंग काम न काजको आरडिटी खरिद गर्न कहाँबाट पैसा आउछ ? ओझाले भने
सो कार्यक्रममा नेविसंघका नेताहरू दीपक बोगटी, दीपेन्द्र सिँह, प्रेम खड्का र श्याम ओझाले आफ्नो धारणा राखेका थिए । अभियानमा संकलित रकम जिल्ला प्रशासन कार्यालय डोटी मार्फत नेपाल सरकारलाई पठाईने नेविसंघ डोटीले जनाएको छ ।








