आज महिला श्रमिकलाई कुवेतबाट स्वदेश फर्काउँदै

काठमाडौं,२९ जेठ:करिब ३ सय महिला श्रमिकलाई कुवेतबाट आज स्वदेश फर्किने भएका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो।

उनीहरु आमाफी प्रक्रिया सामेल भएकाहरु हुन्। सबै प्रक्रिया टुंग्याएर आज दुई वटा उडानमा नेपाली आउन लागेको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए।

हिजो नै एउटा उडान गर्ने तयारी भएपनि प्रक्रिया नटुंगिएका कारण आजबाट मात्रै कुवेतबाट श्रमिक फर्किने भएका हुन्। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले हिजो नै एक सय ५० जना आउने भनिए पनि आज मात्रै उनीहरुलाई ल्याइन लागेको बताए।

गत अप्रिल २६ देखि आममाफी प्रक्रियामा सहभागी उनीहरू घर फर्किने ‘लगेज’ बोकेरै विभिन्न आश्रयस्थलमा पुगेका थिए। कुवेत सरकारले आममाफी दिएका श्रमिकहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखिएको छ।

सम्बन्धित खवर

Back to top button