विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ४ लाख नाघ्यो


काठमाडौं,२९ जेठ:विश्व भरि फैलिएको कोरोना भाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहीबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख १८ हजार ८ सय ७२ पुगेको छ भने संक्रमितको संख्या ७४ लाख ५१ हजार ५ सय ३२ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ३७ लाख ३३ हजार ३ सय ७९ जना उपचारपछि निको भएका छन् ।
हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख १५ हजार १ सय ३० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २० लाख ६६ हजार ४ सय १ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ८ लाख ८ हजार ४ सय ९४ जना निको भइसकेका छन् ।



त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ३९ हजार ७ सय ९७ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ७५ हजार १ सय ८४ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ३ सय ५८ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ९३ हजार ६ सय ५७ पुगेको छ ।







