राहत माग्न गएका माथि वडा अध्यक्षले खुकुरी प्रहार

रोल्पा, २९ जेठ :  रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर-९ का वडा अध्यक्ष नेबबहादुर थापाले बुधबार साँझ सोही वडाका स्थानीय गुरुप्रसाद थापामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । लकडाउनका कारण जीविका चलाउन समस्या परेपछि स्थानीय मानसिङ थापाले आफुहरुले वडा कार्यालयबाट राहत पाउनु पर्ने माग गर्दा वडाध्यक्ष थापाले मुक्का प्रहार गर्न शुरु गरेको र छुट्टाउन जाँदा आफू माथि पनि खुकुरी प्रहार गरेको घाइते गुरुप्रसाद थापाले बताएका छन् ।

थापाको घुँडामा गहिरो चोट लागेकाले होलेरी स्थित सञ्जीवनी मेडिको सेन्टरमा उपचार भइरहेको छ । कुटपीट गरिसकेपछि वडाध्यक्ष थापाले मोबाइल फोन समेत जफत गरेर लगेको गुरुप्रसाद थापाको आरोप छ । वडाध्यक्ष थापाले मिलापत्र नगरे उपचार गर्न जान नदिने भन्दै धम्क्याएर पन्ध्र हजार रुपैयाँ दिएर जबर्जस्ती मिलापत्रमा हस्ताक्षर गराएको पीडित थापाले बताएका छन् ।

ज्यान बचाउनलाई बाध्यताले पन्ध्र हजार रुपैयाँ लिएर अस्पताल पुगे पनि जनताका अभिभावक जनप्रतिनिधिले नै अपराध गर्नु सबै जनताका लागि अन्याय भएको बताउदै पीडित थापाले ईलाका प्रहरी कार्यालय होलेरीमा उजुरी दर्ता गर्ने योजना बनाएको बताएका छन्।

गुरुप्रसाद थापा,मानसिङ थापासहित झडप छुटाउन गएका सोही ठाउँका ग्वाता थापा समेत वडाध्यक्ष नेत्रबहादुर थापाले प्रहार गरेको खुकुरी लागेर घाइते भएका छन् । यता आफू माथि आक्रमण गर्न खोजे पछि झडप भएको र खुकुरी प्रहार भने नगरेको वडा अध्यक्ष थापाको दावी ।

 

सम्बन्धित खवर

Back to top button