इतिहासको जिम्मेवारी पुरा गर्न घचधच्याएको भन्दै भारत सरकारलाई प्रचण्डको धन्यवाद

काठमाडौं, ३१ जेठ: सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताएका छन् । आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाट नै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको प्रचण्डले बताए ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउन लागिएको तर यो व्यक्ति विशेषको मुद्धा नभई सामूहिक विषय भएको उनले बताए ।

पछिल्लो समय हरेक सरकारले सीमा विवादलाई वार्तामार्फत समाधान गर्न चाहेको तर नयाँ नक्सा ल्याएर तथा लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको उनले बताए । तर इतिहासको जिम्मेवारी पुरा गर्न घचधच्याएको भन्दै भारत सरकार र मन्त्रीहरुलाई धन्यवाद दिए।

अब भारतसँग सधैंका निम्ति समाधान हुने गरि वार्ता गर्नुपर्ने धारणा समेत राखेका छन् । संविधान संशोधन विधेयकमाथि दफावार छलफलमा भाग लिदै अध्यक्ष प्रचण्डले त्रुटीपूर्ण नक्सा र निशान छाप परिवर्तन गर्ने ऐतिहासिक भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्री केपी ओली र सरकारलाई धन्यवाद समेत दिएका छन् ।

संविधान संशोधन गर्नुको अर्थ भारतसँग दुरी बढाउनु नभएको प्रचण्डले बताएका छन् । राजनीतिक र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान गर्न चाहेको प्रचनण्डले बताए ।‘हामीले दुश्मनी चाहेका होइनौं, कूटतीतिक र राजनीतिक सम्वादमार्फत यो समस्या सदाका लागि समाधान गर्न चाहेका हौँ। उनले थपे।

सम्बन्धित खवर

Back to top button