गितानगर जेसिज चितवनद्वारा रक्तदान सम्पन्न

अषाड १चितवन : सुरक्षित रगतले बचाउँछ जीवन,रक्तदान गरौं र स्वस्थ्य संसार बनाऔं’ भन्ने नारा सहित यस वर्षको विश्व रक्तदाता दिवस आज मनाइएको हाे। विश्व रक्तदाता दिवसको अवसर पारेर आज (आइतबार) गीतानगर जेसीज चितवनको आयोजना एवम् अन्य ४ वटा संघसस्थाहरुको सहकार्यमा भरतपुर १३ मा रहेको हिमालय युवा क्लवको भवनमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । रक्तदान कार्यक्रममा ३८ पाउण्ड रगत संकलन गरिएको गीतानगर जेसीजका उपाध्यक्ष एवम् रक्तदान कार्यक्रमका कार्यक्रम संयोजक जेसी विकाश सापकोटाले बताए।


उक्त रक्तदान कार्यक्रम गीतानगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी युवराज अधिकारीको अध्यक्षता एवम् भरतपुर महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष प्रकाश दवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।
रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष दवाडीले हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन हुने तरअहिले विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु नपर्ने धारणा व्यक्त गरेका हुन्।
गीतानगर जेसीजका वर्ष २०२० का अध्यक्ष जेसी युवराज अधिकारीले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भरतपुरद्वारा सन्चालित रक्त सन्चार सेवा भरतपुरमा रगतको माग बढी र रक्तदान कम भैरहदा सृजित रक्त अभावलाई पुर्ण गर्न विभिन्न संघ संस्थाहरुको सहयोगमा हरेक वर्ष विश्व रक्तदाता दिवस दिन गीतानगर जेसीले रक्तदान कार्यक्रमको आयोजना गर्दैं आएको छ भने ।गीतानगर जेसीजको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखा,हिमाल युवा क्लव चम्पानगर,श्री उज्जवल दुग्ध उत्पादक सहकारी संस्था,गीतानगर जुनियर जेसीजको सहयोग रहेको थियो ।

साेहि कार्यक्रमा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष जेसी कृष्ण सापकोटा,नेपाल जेसीज वर्ष २०१६ का राष्ट्रिय उपाध्यक्ष जेसी अशोक कोइराला एवम् गीतानगर जेसीज, जुनियर जेसीजका सदस्यहरु समेतकाे उपस्थिति थियाे ।

सम्बन्धित खवर

Back to top button