झडपमा १५० चिनियाँ सेना मारिएको र कयौ चिनियाँ बेपत्ता भएको भारतको दावी

अषाढ ३,एजेन्सी :- चिन र भारतको सिमाना रहेको लद्दाखमा भएको ४३ बर्षयता कै भिषण झडपमा परि कर्नेल सहित २० भारतीय सैनिकको ज्यान गएको पुष्टि भएका बेला चिनियाँ उच्च अधिकारी सहित ६३ देखि १५० चिनियाँ सेनाको ज्यान गएको भारतीय सैनिक अधिकारीको हवला दिदै भारतीय मेडिया डेलि.डटकमले समचार छापेको प्रकासित गरेको छ। द्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना मारिएको लगत्तै २० जना संख्या पुगेको थियो।


भारतीय सेनाको मुख्यालयले दिएको जानकारी अनुसार सोमबार राति चिनियाँ सेनासँग घन्टौं लामो झडप भएको थियो । इन्डिया टुडेका अनुसार झडपमा ढुंगामुढा प्रयोग गरिए पनि गोली हानाहान भने भएको थिएन । यस्तो झडप ४३ बर्षयता कै सबै भन्दा ठुलो हो। इन्डिया टुडका अनुसार अहिले घटनास्थलमा दुवै देशका सैनिक अधिकारी पुगिसकेका छन् । झडपमा दुवैतर्फ मानवीय क्षति भएको भारतीय सेनाले बताए पनि चीनतर्फ के कति क्षति भयो भन्ने जानकारी भने उपलब्ध गराएको छैन । उनीहरुबीच स्थितिलाई साम्य पार्ने विषयमा कुराकानी भइरहेको पनि भारतीय सेनाका उच्च अधिकारी हरुले बताएका छन।

चौतर्फी दबाबमा परेको भारतले नेपाललाइ अझै सम्मा वास्था गरेको देखिदैन। सरकारले नक्सा जारि सहित संबिधन नै संसोधन गरिसक्दा पनि भारतीय पिएम मोदिले कुनै प्रतिक्रिया दिएका छैनन। उता चिनसंगको लाडाइमा हार वेहोरे पछि गोर्खा सैनिक खटाउने सक्ने अधिकारीहरूले बताएका छन।

सम्बन्धित खवर

Back to top button