कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १०८६ पुग्यो


काठमाडौं, २ असार: कर्णाली प्रदेशमा मंगलबार थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत, पशुपन्छि रोग अन्वेषण केन्द्रमा गरिएको परीक्षण अनुसार ९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १०८६ पुगेको छ।
संक्रमित हुनेमा दैलेखका ५ र सुर्खेतका ४ जना रहेका प्रदेशकाे सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले बताएकाे छ। संक्रमित एक जना तीन वर्षीय बालक छन्। नाै जनामा एक महिला र बाँकि सबै पुरुष हुन्। संक्रमित सबै स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे बताइएकाे छ।











