थप ३८० जना कोरोना संक्रमित पुष्टि , संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौँ, २ असार : आज थप ३८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा सङ्क्रमण देखिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोेना सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुगेको छ । तीमध्ये ६ हजार ९२ पुरुष र ४९९ महिला रहेका छन् । अहिलेसम्म ७३ जिल्लामा सङ्क्रमण देखिएको गौतमले बताए ।

सम्बन्धित खवर

Back to top button