गाउँपालिकाले हेलिकप्टरद्वारा गर्भवतीको उद्वार

जाजरकोट, ४ असारः कुशे गाउँपालिकाले एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरेको छ । दुई दिन पहिला देखि सुत्केरी व्यथा लागेको गर्भवती महिलालाई गाउँपालिकाले बिहिबार हेलिकप्टरद्वारा उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा पुर्याएको हो ।

कुशे गाउँपालिका–३ डाँडाखेतकी २० बर्षिय जानुका रोकाय (बस्नेत) लाई हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेजमा उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

सुत्केरी जानुकाको उपचार अर्छानी स्वास्थ्य चौकीमा हुन नसकेपछि अध्यक्ष हरिचन्द्र बस्नेतको समन्वयमा गाउँपालिकाले आर्थिक खर्च व्यहोर्ने गरी हेलिकप्टरमा कोहलपुर पुर्याईएको अधिकृत गिरीले बताएका छन्।

जानुकाको उपचारका लागि नेपाल सरकारले संचालनमा ल्याएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको प्रक्रियामा नलागेर गाउँपालिकाले हेलिकप्टर भाँडा तिर्ने गरी कोहलपुर पुर्याईएको छ । अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको जानुकाका पति सुरेन्द्र बस्नेतले बताएका छन्।

सम्बन्धित खवर

Back to top button