‘नयाँ निशान छाप प्रयोगमा नोट’ ,नागरिकता र पासपोर्ट परिवतर्न गर्ने

काठमाडौं, ५ असारः संसदबाट निशान छाप संशोधन गर्ने प्रस्ताव पारित भएसँगै आज राजपत्रमा प्रकाशित भएसगै नयाँ निशान छाप प्रयोगमा आएको हो। सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा लिपुलेक र कालापानी समावेश गरेर नयाँ नक्सा जारी भएसँगै नेपालको निशान छाप पनि परिवर्तन भएको छ ।

नयाँ निशान छाप प्रयोगमा आएपछि नोट नागरिकता र पासपोर्ट पनि परिवर्तन गर्नुपर्ने भएको छ । लेटरप्याड, नागरिकता छपाई सुरु गरेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

उनका अनुसार पासपोर्टमा पनि अब नयाँ निशान छाप्नुपर्नेछ । त्यसैगरी सय रुपैँयाको नोटमा रहेको नेपालको नक्सा परिवर्तन गर्नुपर्ने भएको छ । निशान छाप नयाँ लागू भएसँगै सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्समा पनि लोगो परिवर्तन गर्नुपर्ने भएको छ ।

सम्बन्धित खवर

Back to top button