डडेल्धुरामा पिसीआर मेसिन स्थापनाका लागि अस्पताल विकास समिति कर्मचारी यूनियनद्वारा ५१ हजार सहयोग

डडेल्धुरा, ७ असार : डडेल्धुरामा पिसीआर मेसिन स्थापनाका लागि डडेल्धुरा अस्पताल विकास समिति कर्मचारी यूनियनले एकाउन्न हजार सहयोग गरेको छ।

पिसीआर मेसिन स्थापना गर्न पहल गरेको ह्युमानिटी फाउण्डेसनलाई आइतबार अस्पताल विकास समिति कर्मचारी युनियनका तर्फबाट यूनियनका अध्यक्ष रमेशप्रसाद भट्टले ह्युमानिटी फाउण्डेसन डडेल्धुराका प्रतिनिधि बरुण पनेरुलाई ५१ हजार १ सय ५१ रुपैयाको चेक हस्तान्तरण गरेको गरेका हुन।

डडेल्धुरा अस्पतालमा विकास समिति अन्तरगत रहेका कर्मचारीहरुले आफ्नो मासिक तलब भत्ताको केही रकम हितकोषमा सञ्चित गरेर सामाजिक सेवामा सहयोग गर्दै आएको अस्पताल विकास समिति कर्मचारी यूनियनका सचिव प्रकाशचन्द्र बुढाऐरले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button