चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसी बाजुरा पुगे

बाजुरा, ७ असार : चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुरा पुगेका छन्। दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडि जिल्ला घुम्ने क्रममा उनी बाजुरा पुगेका हुन। डाक्टर केसी एक हप्ता बाजुरा बस्ने जनाइएको छ।

डाक्टर केसीले यसअघि बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लामा पुगेर सेवा दिइसकेका छन्। बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा। रुपचन्द्र बिश्वकर्माले बताए।

बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थागित भएको थियो।

गोविन्द केसी बाजुरा बस्दा सम्म उनले निःशुल्क सेवा दिने भएका छन्। बाजुराको शिक्षा तथा स्वास्थ्यको अवस्था निकै दयनिय रहेको छ। केसीले बाजुरा पुगेर जिल्ला अस्पताल बाजुराको भौतिक पुर्वाधारको अबस्थाको पनि अनुगमन गरेका छन्।

सम्बन्धित खवर

Back to top button