विप्लव समूहका एक विद्यार्थी नेता पक्राउ

काठमाडौं, १२ असारः प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष निगम भनिने नरेन्द्रबहादुर भण्डारी हुन्। उनलाई बालकुमारी क्षेत्रबाट पक्राउ गरिएको हो ।

विप्लव समूहका पर्चा टाँस्ने, समूहमा आबद्ध हुनुपर्छ भनेर स्थानीयलाई डर, त्रास देखाएर आतंकित बनाउने जस्ता कार्यमा उनी संलग्न भएकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले बताएका छन् । उनको बारेमा थप अनुसन्धान भइरहेको राईले जानकारी गरेका छन्। ।

सम्बन्धित खवर

Back to top button