भारतमा शुक्रवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए


काठमाडौं, १३ असारः भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन्। भारतमा शुक्रवार मात्रै १८ हजार २७५ जना संक्रमित फेला परेका छन् । यो अहिलेेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै शुक्रवार नै भारतमा ३८१ जनाको मृत्यु भएको छ ।
यस्तै ५३ लाख ५७ हजार ८४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।



यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १५ हजार ६८९ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ९ हजार ४४६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ लाख ९५ हजार ९१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीबाट ४ लाख ९६ हजार ८६६ जनालाई संक्रमण भएको छ भने ९९ लाख ४ हजार ९६३ जनालाई संक्रमण भएको छ ।







