राष्ट्रपतिद्वारा संसदको चालू अधिवेशन अन्त्य


काठमाडौँ, १८ असारः राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिवेशन अन्त्य गरेकी छन्।मन्त्रिपरिषदको बिहीबारको निर्णय अनुसार राष्ट्रपतिले आज साँझ पाँच बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेकी हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बेलुका पाँच बजेदेखि ९असार १८ गते बिहीबार० लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।



नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्।








