थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार

काठमाडौं, २५ असार : नेपालमा बिहीबार पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

कोरोना संक्रमितको कुल संख्या १६ हजार ५ सय ३१ पगेको मन्त्रालयले बताएको छ। कोरोना भाइरस स‌ंक्रमितको संख्या साढे १६ हजार नाघेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

सम्बन्धित खवर

Back to top button