नेपालमा कोरोना अपडेट, आज कहाँ कति थपिए ?


काठमाडौं, २५ असार : नेपालमा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीका १, झापाका १, सप्तरीका २, धनुषाका २, सिराहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौँका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासीका १, मकवानपुरका १, सिन्धुपाल्चोकका १ र बाग्लुङका ३ जनामा कोरोना संक्रमण देखिएको छ।



यस्तै तनहुँका १, म्याग्दीका २, गोरखाका २, कास्कीका ४, लमजुङका ५,बाँकेका २, दाङका ७, दैलेखका ३, मुगुका २, सुर्खेतका १८, बझाङका १६, अछामका ४, बाुराका २, कञ्चनपुरका २ र कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिप्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार १३९ जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ९१ पुगेको छ।
मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट ४ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण भएको छ। यो समेत गरी हालसम्म २ लाख ७१ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ।
अहिले देशभरीका आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।








