विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

काठमाडौं, २८ असारः विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड २८ लाखभन्दा बढी पुगेको छ भने पाँच लाख ६८ हजारभन्दा बढीको मृत्यु भएको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ३३ लाख ५५ हजार ७८१ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ३७ हजार ४०३ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा १८ लाख ४० हजारभन्दा बढी संक्रमित भएकोमा ७१ हजार ४९२ जनाको ज्यान गएको छ।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। भारतमा साढे ८ लाखभन्दा बढीमा संक्रमण भएकोमा २२ हजार ६९६ जनाको ज्यान गएको छ।

रसियामा ७ लाख २७ हजार १६२ जना संक्रमित भएका छन् भने ११ हजार ३३५ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा ३ लाख ९८८ संक्रमित भएकोमा २८ हजार ४०३ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा २ लाख ८८ हजार ९५३ संक्रमित भएकोमा ४४ हजार ७९८ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ३ लाख २२ हजार ७१० जना छ भने ११ हजार ६८२ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित खवर

Back to top button