आज राति सूर्य र वृहस्पतिको बीचमा देखिनेछ पृथ्वी

काठमाडौं, ३० असारः १४ देखि २० जुलाइसम्‍म खगोल विज्ञानको दृष्टिले विशेष रहने भएको छ। ती सात दिनमा ३ ठूलो खगोलीय घटना हुनेछन्। १४ जुलाइको राति सूर्य र वृहस्पतिको बीचमा पृथ्वी आउनेछन्।

सन् २०२०अघि यो घटना सन् २०००मा भएको थियो। अब आउने सन् २०४०मा फेरि यस्तै घटना दोहोरिने खगोल विदहरुले बताएका छन्।

भारतीय खगोलविद सारिका घारुका अनुसार जब पृथ्वी कुनै अन्‍य ग्रह तथा सूर्यको बीचमा एउटा सीधा रेखामा आउँछ यसलाई नै अपोजिशन भनिन्छ। पृथ्वीले ३६५ दिनमा सूर्यको परिक्रमा गर्दछ र यो एक वर्षमा पृथ्वी सबै ग्रहसँगसँगै यही स्थिति बनाउने गर्दछ। तर सात दिन मात्रै यी तीन ग्रहहरु वृहस्पति, शनि र प्लुटोको एउटै रेखामा उभिनु संयोग मानिन्छ।

१५ जुलाइमा दिनको १ बजेर १६ मिनेटपछि वृहस्पति, पृथ्वी र सूर्य तीनै ग्रह एकै लाइनमा अर्थात सिधा रेखामा हुनेछन्। पृथ्वी यी दुइको बीचमा हुनेछ। साँझ जब सूर्य अस्ताउनेछ तब ७ बजेर ४३ मिनेटमा पूर्व दिशामा वृहस्पति उदाएको देख्‍न सकिनेछ। यो राति १२ बजेर २८ मिनेटसम्‍म पृथ्वीको नजिक रहन्छ। यसलाई कुनै दूरविनको मद्दतले चार चन्द्रमा सँगै देखिनेछ।

यस्तै २० देखि २१ जुलाइको मध्‍य राति ३ बजेर ४४ मिनेटमा सूर्य तथा रिङवाला शनि ग्रहको बीचमा पृथ्वी एउटा सिधा रेखामा हुनेछ। सन् २००० मा पनि वृहस्पति र शनिको बीचमा यही स्थिति बनेको थियो। त्यो समयमा १९ नोभेम्बरमा सेटर्न एट अपोजिशनको घटना भएको थियो र २८ नोभेम्बरमा जुपीटर अपोजिशन अवस्थामा थियो। त्यतिबेला यो घटना ९ दिनको अन्तरालमा भएको थियो। अब यही घटना फेरि आगामी सन् २०४० मा हुनेछ।

सम्बन्धित खवर

Back to top button