भारतीय मिडियाले नै भन्यो ‘अयोध्या नेपालमा पर्छ – हेर्नुस भिडियोसहित

काठमाडौँ, ३१ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वास्तविक अयोध्या नेपालमा रहेको अभिव्यक्ति देश बिदेशमा टिकाटिप्पणी भइरहेको भए पनि अयोध्या देश नेपालमा रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । रामायणमा उल्लेख भएको देश अयोध्या नेपालमा रहेको भन्दै भारतीय संचारमाध्यमले एक बर्ष अघि तयार परेको सामग्री अहिले भाइरल भइरहेको छ।

भारतीय संचारमाध्यम न्युज १८ इन्डियाले तयार पारेको उक्त सामग्रीमा रामायणमा उल्लेख गरिएको वास्तविक अयोद्ध्या नेपालको चितवनमा रहेको बताइएको छ । ‘श्रीराम का वंश लोक ‘नेपाल में मिले रामायण के सच्चे सबूत’ भन्दै न्युज १८ इन्डियाले इतिहासका विभिन्न प्रसङ्गहरुलाई कोट्याउदै रामायणमा उल्लेख गरिएको अयोध्यालाई पुष्टि गर्ने थुप्रै प्रमाण रहेको समेत दाबी गरेको छ ।

प्रधानमन्त्री ओलीले रामायणमा उल्लेख भएको देश अयोध्याबारे विभिन्न दाबीहरू गरेका छन् । उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ। भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ। अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन।’

ओलीले अयोध्या भारतमा रहेको भए त्यहाँका राजाका छोरा विवाहका लागि कसरी जनकपुर आइपुगे भन्ने प्रश्न समेत उठाएका छन्। ‘यहाँको जनकपुर वहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कल्ले के गर्‍या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल१ कताबाट थाहा होस्१ थाहा हुन पनि सम्भव थिएन’, उनले भनेका छन्।

https://www.youtube.com/watch?v=wbXZpxaLVrk&t=684s

सम्बन्धित खवर

Back to top button